काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीको हारको क्रम जारी रहेको छ ।
गएराती सम्पन्न खेलमा ब्रेन्टफोर्डले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
ब्रेन्टफोर्डको जितमा बार्यन एम्बेउमोले एक गोल गरे भने एक गोल चेल्सीका सिजार आजपिलीक्वेटाले आत्मघाती गोल गरेका थिए ।
चेल्सीले आफ्ना पछिल्ला ९ खेलमा ७ खेलमा हार बेहोरेको छ भने दुई बराबरी खेलेको छ । प्रिमियर लिगमा भने चेल्सीको यस सिजनमा यो १३औं हार हो । चेल्सीको ३२ खेलमा ३९ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।
त्यस्तै ब्रेन्टफोर्डको ३३ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ ।




