खेलकुद

एसीसी प्रिमियर कपमा आज दुई खेल हुदै, नेपालले कतारसँग खेल्ने

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुदै छन् । प्रिमियर कप अन्तर्गत आज समुह चरणका अन्तिम खेलहरु हुनलागेका हुन् ।

जसमा समुह ए बाट नेपाल र कतारबीच खेल हुदै छ । समुह ए बाट नेपाल र ओमान सेमिफाइनलमा पुगिसकेका छन् भने यस खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ । यो खेल टियु क्रिकेट मैदानमा हुदै छ ।

त्यस्तै अर्को खेल समुह बी बाट हङकङ र कुवेतवीच खेल हुदै छ । मुलपानी क्रिकेट मैदानमा हुने यस खेलको विजेता सेमिफाइनलमा पुग्ने छ । र यस खेलपछि नै समुह बी बाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ । समुह बी बाट युएई यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *