खेलकुद

हिमालयन शेर्पाले सातदोबाटोलाई बराबरीमा रोक्यो

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई बराबरीमा रोकेको छ ।

आइतबार च्यासल मैदानमा सम्पन्न खेलमा हिमालयन शेर्पाले सातदोबाटोलाई २-२ गोलको बराबरीमा रोकेको हो ।

खेलमा दुई पटकसम्म पछि परेको हिमालयन शेर्पाले खेलमा दुवै पटक कमब्याक गर्दै सातदोबाटोको जितलाई रोकेको थियो ।

हिमालयन शेर्पाका लागि निसान लिम्बु र सुशील लामाले एक एक गोल गरेका थिए भने सातदोबाटोका लागि दिपक सिंह ठकुरीले दुवै गोल गरेका थिए ।

यो खेलपछि सातदोबाटोको ११ खेलमा१८ अंक भएको छ भने हिमालयन शेर्पाको ११ खेलमा १० अंक भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *