काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्सले मुम्बई इण्डियन्सलाई १३ रनले पराजित गरेको छ ।
पञ्जाबले दिएको २१५ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।
मुम्बईका लागि क्यामरुन ग्रीनले सर्बाधिक ६७ रन बनाए भने सूर्यकुमार यादवले ५७ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्माले ४४ रन र टिम डेविडले अविजित २५ रन बनाएका थिए ।
त्यस्तै पञ्जाबका बलर अर्शदीप सिंहले सर्बाधिक ४ विकेट लिएका थिए भने नाथन इलिस र लियाम लिभिंग स्टोनले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै २१४ रन बनाएको थियो ।
पञ्जाबका लागि कप्तान साम करणने सर्बाधिक ५५ रन बनाएका थिए । त्यस्तै हरप्रित सिंहले ४१ रन बनाए भने अथर्भ तयडले २९, प्रभसीमरन सिंहले २६, जितेश सिंहले २५ रन बनाएका थिए ।
मुम्बईका बलर क्यामरुन ग्रीन र पियुष चावलाले २-२ विकेट लिए भने अर्जुन तेन्दुलकर, जासन बेहरेनड्रोफ र जोफ्रा आर्चरले एक एक विकेट लिए ।
यो जितसँगै पञ्जाबले ७ खेलमा ४ जितसहित ८ अंक भएको छ भने इण्डियन्सले ६ खेलमा ३ जितसहित ६ अंक हासिल गरेको छ ।




