खेलकुद

बहराइनमाथि कुवेतको रोमाञ्चक जित

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समुह बि मा रहेको कुवेतले बहराइनमाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा शनिबार बहराइनले दिएको २५६ रनको लक्ष्य कुवेतले ४४.२ ओभरमा ८ विकेट गुमाउदै पुरा गरेको थियो ।

कुवेतको जितमा यासिन पटेलले अविजित ६३ रन बनाए भने मिट भाभसरले ५४ रन बनाएका थिए । त्यस्तै अदनान इद्रीसले ५६ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ५० ओभरमा ७ विकेट गुमाउदै २५५ रन बनाएको थियो ।

यो जितपछि कुवेतले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने बहराइनले दोस्रो खेलमा पहिलो हार बेहोरेको छ ।

अब कुवेतले अर्को खेल मंगलबार सिंगापुरसँग खेल्ने छ भने बहराइनले सोमबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *