खेलकुद

ओमानविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपालले ओमानविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

यसैक्रममा ब्याट्सम्यान कुशल मल्लले आफ्नो अर्धशतक पुरा गरेका छन् । कुशलले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । उनको यस प्रतियोगितामा लगातार दोस्रो अर्धशक हो । यस अघि मलेसियाविरुद्धको खेलमा कुशलले अविजित ७० रन बनाएका थिए ।

त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनको यो २१औं खेलमा पाँचौं अर्धशतक हो ।

अहिले कुशल ५५ रन बनाएर खेलिरहेका छन् भने आरिफ शेखले २८ रन बनाएर उनलाई साथ दिइरहेका छन् ।

यसअघि ब्याट्सम्यान भीम सार्की ३३ र कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भएका थिए भने दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख शुन्यमा आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *