काठमाडौँ । युइएफए युरोपा लिगको समिफाइनलको समीकरण पुरा भएको छ ।
गएराती क्वाटरफाइनलका दोस्रो लिगका खेलहरु सकिएसँगै सेमिफाइनलमा पुग्ने चार क्लबको टुंगो लागेको हो ।
स्पेनिस क्लब सेभियाले प्रिमियर लिग म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने युभेन्टसले स्पोर्टिंग सिपिलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै रोमाले फेयनोर्डलाई पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ भने बायर लिभरकुसनले युनियन सेन्ट गिल्लोइसलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
अब सेमिफाइनलमा युभेन्टसको सामना सेभियासँग हुने छ भने रोमाको सामना बायर लिभरकुसनसँग हुने छ ।
सेमिफाइनलको पहिलो लिग मे ११ मा खेलिने छ भने दोस्रो लिग मे १८ मा खेलिने युइएफएले जनाएको छ ।




