काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा दिल्लीले कोलकोता नाइटराइडर्समाथि ४ विकेटको संघर्षपूर्ण जित हासिल गरेको हो ।
कोलकोताले दिएको १२८ रनको लक्ष्य पछाएको दिल्ली क्यापिटल्सले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
दिल्लीको जितमा कप्तान डेविड वार्नरले सर्बाधिक ५७ रन बनाए भने मनिष पाण्डेले २१, अक्सर पटेलले अविजित १९, पृथ्वी शा ले १३ रन बनाएका थिए ।
त्यसैगरी कोलकोताका बलर वरुण चक्रवर्ती, अनुकुल रोय र नितिस रानाले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो ।
कोलकोताका लागि जासन रोयले सर्बाधिक ४३ रन बनाएका थिए भने आन्द्रे रसेलले अविजित ३८ रन बनाएका थिए । त्यस्तै मन्दीप सिंहले १२ रन बनाएका थिए । कोलकोताका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यस्तै दिल्लीका बलर इशान्त शर्मा, एनरीच नोर्त्जे, अक्सर पटेल र कुलदीप यादवले २-२ विकेट लिएका थिए । त्यसैगरी मुकेश कुमारले एक विकेट लिएका थिए ।
जारी आइपिएलमा दिल्ली क्यापिटल्स लगातार पाँचौं हारपछि दिल्लीले पहिलो जित हासिल गरेको छ ।
त्यसैगरी कोलकोताले अहिलेसम्म खेलेका ६ खेलमा २ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।




