काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले मलेसियाले दिएको २३६ रनको लक्ष्य पछ्याइरहेको छ ।
किर्तिपुरस्थित टियु मैदानमा २३६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन् । यस अघि आसिफ शेख १ रन बनाएर आउट भएका थिए ।
अहिले कप्तान रोहित पौडेल ८ र भीम सार्की ७ रन बनाएर खेलिरहेका छन् ।




