काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल अपराहन्न ३ बजे खुमालटार युथ क्लब र न्यूरोड टिमबीच दशरथ रंगशालामा हुदै छ ।
जारी लिगमा खुमालटारको ९ खेलमा १० अंक छ र लिगमा १०औं स्थानमा रहेको छ भने न्यूरोड टिमको ९ खेलमा ७ अंक छ र लिगमा १३औं स्थानमा रहेको छ ।
त्यस्तै दोस्रो खेल साँझ ६ बजे दशरथ रंगशालामै मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुदै छ ।
जारी लिगमा मानाङ मर्स्याङ्दी क्लबको ९ खेलमा १५ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लबको ९ खेलमा १२ अंक सहित लिगमा आठौँ स्थानमा रहेको छ ।




