काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।
शनिबार च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेलले मनाङ मर्स्याङ्दीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
जावलाखेलको जितमा सिनोउस मासोअबीले दुई र फोडे फोफानाले एक गोल गरेका थिए । खेलको चौथो मिनेटमा सिनोउस मासोअबीले गोल गर्दै जावलाखेललाई शुरुवाती अग्रता दिलाएका थिए भने फोफानाले खेलको ९१औं मिनेटमा गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारेका थिए । त्यस्तै तेस्रो गोल माओअबीले खेलको ९५औं मिनेटमा गरेका थिए ।
यो जितपछि जावलाखेल ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ । जावलाखेलको ९ खेलमा १७ अंक भएको छ । त्यस्तै मनाङ मर्स्याङ्दी क्लबको ९ खेलमा १५ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा झरेको छ ।




