खेलकुद

गिरोनासँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र गिरोना बराबरीमा रोकिएका छन् ।

गएराती बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा गिरोनाले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो ।

यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।

यो खेलपछि बार्सिलोनाको २८ खेलमा ७२ अंक भएको छ र बार्सिलोना शिर्ष स्थानमा कायम छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा स्पष्ट १३ अंकले अगाडी रहेको छ ।

त्यसैगरी गिरोनाको २८ खेलमा ३५ अंक छ र लिगमा ११औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *