खेलकुद

लिभरपुलसँग शीर्ष स्थानको आर्सनल बराबरीमा रोकियो

लन्डन । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनल र लिभरपुल २ -२ गोलको बराबरीमा रोकिएका छन् । आर्सनलले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो ।

एन्फिल्डमा भएको खेलमा पाहुना टोली आर्सनले पहिलो हाफको २८ मिनेट भित्र दुवै गोल गरेको हो । खेलको ८ औँ मिनेटमा आर्सनलका लागि गाब्रियल मार्टिनेली गोल गरे । २८ औँ मिनेटमा गाब्रियल जेसुसले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले भर्जिल भान डायक र एन्डी रोबर्टसनको बिचमा अनमार्क रहेको अवस्थामा हेडरमार्फत गोल गरेका हुन् ।

४२ औँ मिनेटमा मोहम्मद सलाहले गोल फर्काएपछि पहिलो हाफ २ -१ गोलको अवस्थामा पुगेको थियो । दोस्रो हाफमा सलाह आफैँले पेनाल्टीमार्फत गोल गर्ने मौका गुमाए । यस्तै डार्विन नुनेज, सलाह र इब्राहीमा कोनाटेले गरेका प्रहार गोलरक्षक आरोना रामस्डेलले बचाए । तर खेलको अन्तिम समयतिर रोबर्टो फिर्मिन्होले गरेको प्रहारलाई गोलरक्षक राम्सडेलले बचाउन सकेनन् ।

एलेक्जेन्डर आर्नल्डको क्रसमा रोबर्टो फिर्मिन्होले हेडरमार्फत उत्कृष्ट गोल गरेपछि टिमको जिन लिभरपुल हारबाट जोगिएको हो । आर्सनलले भने तालिकामा ८ अंकको अग्रता बनाउने मौका गुमाएको छ। उसको ३० खेलबाट ७३ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ खेलमा ६७ अंक छ । यता ९ औँ स्थानमा रहेको लिभरपुलको २९ खेलबाट ४४ अंक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *