काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
च्यासल मैदानमा सम्पन्न खेलमा थ्री स्टारले त्रिभुवन आर्मीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
थ्री स्टारको जितमा खेलको १६औं मिनेटमा मार्टिन्स अजायीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि थ्री स्टारको ६ खेलमा १० अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै त्रिभुवन आर्मी क्लबको भने ६ खेलमा ८ अंक छ र लिगमा छैटौं स्थानमा झरेको छ ।




