खेलकुद

पाकिस्तानविरुद्ध अफगानिस्तानको लगातार दोस्रो जित, सिरिजमा कब्जा

काठमाडौँ । अस्गानिस्तानले पाकिस्तानविरुद्धको टी-२० सिरिज जितेको छ ।

गएराती शारजाहमा सम्पन्न खेलमा ७ विकेटको जित हासिल गर्दै जारी टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो ।

अफगानिस्तानले एक खेल अगाडी नै तीन खेलको सिरिज जितेको हो । यो पाकिस्तानविरुद्ध अफगानिस्तानले सिरिज जितेको पहिलो पटक हो ।

पाकिस्तानले दिएको १३१ रनको लक्ष्य पछाएको अफगानिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै १३० रन बनाएको थियो ।

यसअघि सिरिजको पहिलो खेलमा अफगानिस्तानले ६ विकेटको जित हासिल गरेको थियो ।

अब सिरिजको तेस्रो खेल आजै हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *