काठमाडौं । गण्डकी प्रदेशमै पहिलो पटक आयोजना भएको नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२३ पोखरा रगंशालामा चैत ११ गते साँझ सम्पन्न भएको छ ।
नोभिस र नेश्नल गरि दुई क्याटेगोरीमा १ सय ५० सीसीको मोटरसाईकल रेसिङमा सम्पन भएको सो प्रतियोगितामा आशिक लामा बिजय भएका हुन् । यस्तै दोश्रो स्थान राजकुमार कार्कीले हात पारेका छन् भने युकेश थापा तेश्रो भएका छन् । त्यसैगरि नोभिस क्याटेगोरीमा निमेश ठकुरी पहिलो, दिलिप दनुवार दोश्रो हुदाँ मङ्गगेष जोशी तेश्रो भएका छन् ।
नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) मा आबद्ध क्लब मोटर स्पोर्टस नेपाल द्वारा आयोजित नेपालकै लोकप्रिय बाइक रेसिङमा नोभिस तर्फ ४७ जना प्रतिस्पर्धी थिए भने नेश्नल तर्फ १८ राइडर्सले भाग लिएका थिए ।
यमाहा मोटरसाइकल मूख्य प्रायोजक रहेको रेसिङका विजयीहरुलाई गण्डकी प्रदेशका सांसद तथा पूर्व खेलकुद मन्त्री राजीव गुरुङ्ग,निवर्तमान राखेप बोर्ड सदस्य सम्पन्न श्रेष्ठ, र पोखरा महानगर खेलकुद विकास समितिका दिपक बहादुर गोदार पुरस्कारले वितरण गरको थियो ।
कार्यक्रममा बोल्दै पूर्व खेलकुद मन्त्री गुरुङ्गले यस किसिमको प्रतियोगिताको निम्ती आफ्नो साथ र समर्थन रहेको जानकारी दिए । कार्यक्रममा नासा नेपालका सचिव सन्तोष न्यौपाने, प्रदेश खेलकुद सदस्य योगेन्द्र गुरुङ्ग तथा आकृती भण्डारी र पश्चिमाञ्चल खेलकुद विकास समितिका लक्ष्मण योगी लगायतको उपस्थिती रहेको थियो ।
विश्वकै लोकप्रिय मानिएको मोटरसाईकल रेसिङ सन् २००८ बाट नेपालमा प्रवेश भएको हो । विश्व मोटरसाईकल महासंघ फेडेरेसन इन्टरनेशनल डे मोटरसाईक्लीजमको नेपाल च्याप्टरको रुपमा नासा नेपाल र त्यसको मातहतका दर्जनौ क्लबहरु मोटरसाइकल रेसिङ, र्याली र टुरिङमा क्रियाशिल रहेका छन् ।




