खेलकुद

प्रधानमन्त्री थ्री नेशन कप आजदेखि: लाओसको सामना गर्दै नेपाल

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज्द्केही चैत १७ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालसहित भुटान र लाओसले प्रतिष्पर्धा गर्दै छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् ।

नेपालले आज उद्घाटन खेलमा लाओसको सामना गर्दै छ भने मार्च २८ मा नेपाल र भुटानबीचको खेल अघि लाओसले मार्च २५ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन् । फाइनल मार्च ३१ मा साँझ ५: ३० बजे हुनेछ ।

प्रधानमन्त्री थ्री नेशन कप खेल्ने नेपाली टिम:

गोलकिपरः किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।
डिफेन्डरः सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान्त खड्का ।
मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास ।
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी ।

यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् , भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् । त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ । उक्त प्रतियोगितको पुरस्कार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदान गर्ने आयोजक एन्फाले जनाएको छ ।

त्यस्तै उक्त प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ पाँच सय र भिआईपीतर्फ रु एक हजार मूल्य तोकिएको छ ।

यस प्रतियोगिताको लागि एक करोड ७५ लाख ६६ हजार चार सय ८० खर्च लाग्ने एन्फाले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *