काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत रेन्नेजले पिएसजीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रेन्नेजले पिएसजीलाई उसकै घरेलु मैदानमा २-० को जित निकालेको हो ।
रेन्नेजको जितमा कार्ल टोको र अमाउद कालीमुएनडोले एक एक गोल गरेका थिए ।
रेन्नेजको यो जितपछि २८ खेलमा ५० अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै पिएसजीको भने २८ खेलमा ६६ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायमै रहेको छ । अहिले दोस्रो स्थानमा रहेको मार्सेली भन्दा पिएसजी ७ अंकले अगाडी रहेको छ ।




