समाचार

विदेशी लगानीका आयोजना निर्माण निर्धारित समयमा सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी बोर्डबाट सहजीकरण गरिएका आयोजनाहरुको निर्माण निर्धारित समयभित्र सक्न निर्देशन दिएका छन् । शुक्रबार लगानी बोर्डको कार्यालयमा आयोजना विकासकर्ताहरुलाई प्रधानमनत्री प्रचण्डले सो निर्देशन दिएका हुन् ।

११ वटा परियोजनाका विकासकर्ताहरुलाई प्रधानमन्त्री प्रचण्डले परियोजना निर्माण कार्य निरन्तर अघि बढाउन अनुरोध समेत गरेका छन् । सरकारकोतर्फबाट परियोजनाहरुलाई सबै खाले सहयोग र सहजीकरण हुने उनले. बताए ।

‘परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय प्रधानमन्त्री प्रचण्डले आँफु तयार रहेको बताएका छन् ।

अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत, होंग्सी तथा हुवासिन सिमेन्ट नारायणी, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मर्स्याङ्दी–२ अर्धजलासययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त परियोजना लगायतका विकासकर्ताहरुले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गराएका छन् ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरेअनुरूप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रबर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *