खेलकुद

ए डिभिजनका पाँचौं चरणका खेलहरु शुरु हुदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि पाँचौं चरणका खेलहरु शुरु हुदै छन् । जस अन्तर्गत आज दुवै खेल हुदैछन् ।

आजका दुवै खेल अपरान्ह साढे २ बजे हुने छन् । जसमा खुमलटार युथ क्लब र सातदोबाटो युथक्लबबीचको खेल च्यासल मैदानमा हुने छ भने हिमालयन शेर्पा र संकटा क्लबबीचको खेल एन्फा कम्प्लेक्समा हुने छ ।

यसअघि खुमलटार युथ क्लबले खेलेका ४ खेलमा २ जित र २ हारसहित ६ अंक बटुलेको छ भने सातदोबाटो युथ क्लबले ४ खेलमा ३ जित र एक हारसहित ९ अंक हासिल गरेको छ ।

त्यस्तै हिमालयन शेर्पा क्लबले ४ खेलमा एक जित, एक बराबरी र २ हारसहित ४ अंक बटुलेको छ भने संकटा क्लबले ४ खेलमा एक जित, २ बराबरी र एक हार बेहोर्दै ५ अंक हासिल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *