खेलकुद

रियल म्याड्रिड क्वाटरफाइनलमा

काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

राउण्ड १६ को दोस्रो लिग अन्तर्गत गएराती लिभरपुललाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

रियल म्याड्रिडको जितमा खेलको ७८औं मिनेटमा करिम बेन्जमाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसअघि सम्पन्न पहिलो लिगमा रियल म्याड्रिड ५-२ ले विजयी भएको थियो ।

योसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियल म्याड्रिडसहित चेल्सी, म्यानचेस्टर सिटी, इन्टर मिलान, एसी मिलान, नापोली, बायर्न म्युनिख र बेनिफिका पुगेका छन् ।

अब क्वाटरफाइनलको ड्र शुक्रबार हुने छ भने क्वाटरफाइनलका खेलहरु अप्रिल १८ र १९ मा हुने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *