खेलकुद

एपीएफले आर्मीलाई हरायो

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागीय टिम एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजति गरेको छ ।

बुधबार च्यासल मैदानमा सम्पन्न खेलमा एपीएफले आर्मीलाई १-० गोल अन्तरले पराजित गरको हो ।

एपीएफको जितमा खेलको ३६औं मिनेटमा मणि कुमार लामाले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

जारी लिगमा एपीएफको यो दोस्रो जित हो । यो खेलपछि एपीएफको र खेलमा २ जित, एक बराबरी र एक हारसहित ७ अंक भएको छ ।

त्यस्तै त्रिभुवन आर्मी क्लबको यो पहिलो हार हो । यो खेलपछि आर्मीको ४ खेलमा एक जित, दुई बराबरी र एक हारसहित ५ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *