काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा अल इत्तिहादले अल नासरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
अल इत्तिहादको जितमा खेलको ८०औं मिनेटमा रोमारिन्होले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि अल इत्तिहाद साउदी लिगमा शिर्ष स्थानमा पुगेको छ । अल इत्तिहादको २० खेलमा ४७ अंक रहेको छ । त्यस्तै अल नासरको भने २० खेलमा ४६ अंक छ र लिगमा दोस्रो स्थानमा झरेको छ ।
यस अघि चार गोलमा ८ गोल गरेका अल नासरका क्रिस्टियानो रोनाल्डो अल नासरका लागि लगातार दुई खेलमा गोल गर्न असफल भएका छन् ।




