खेलकुद

छैटौं विकेट गुमायो, सन्दीप आउट

काठमाडौँ । आइसीसी विश्वकप लिग अन्तर्गत अहिले नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।

यसैबीच नेपालले छैटौं विकेट गुमाएको छ । नेपालका सन्दीप लामिछाने २७ रन बनाएर आउट भएका छन् । सन्दीपले भीम सार्कीसँग ५६ रनको साझेदारी गरेका थिए ।

यस अघि नेपालका कुशल मल्ल ३२ रन, रोहित पौडेलले १, ओपनर आसिफ सेख ६ रन, ज्ञानेन्द्र मल्ल २६ बलमा ११ रन र दिपेन्द्र सिंह ऐरी ४ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ३१.३ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *