खेलकुद

नेपालको चौथो विकेट गुमायो

काठमाडौँ । आइसीसी विश्वकप लिग अन्तर्गत अहिले नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।

यसैबीच नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कुशल मल्ल ३२ रन बनाएर आउट भएका छन् । मल्लला रोहण मुस्तफाले आउट गरेका हुन् ।

यस अघि नेपालका कप्तान रोहित पौडेलले ५ बलमा १ रन बनाएर आउट भएका थिए । त्यस्तै ओपनर आसिफ सेख ६ रन बनाएर आउट भएका थिए भने ज्ञानेन्द्र मल्ल २६ बलमा ११ रन बनाएर आउट भएका थिए ।

आसिफ र ज्ञानेन्द्र दुवैलाई युएईका बलर जुनैद सिद्धिकीले आउट गरेका हुन् भने कप्तान पौडेललाई आर्यान लक्राले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १४.१ ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *