खेलकुद

नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजमा नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

त्यसैगरी नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । घाइते ओपनर कुशल भुर्तेलको स्थानमा नेपालले आज तीव्र गतिका बलर प्रतिश जिसीलाई समावेश गरेको छ ।

आइसीसी विश्वकप लिग-२ मा अहिलेसम्म युएई ३१ खेलमा ३१ अंकका साथ पाँचौं स्थानमा छ भने नेपाल ३१ खेलमा ३० अंकका साथ छैटौं स्थानमा छ ।

शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनै पर्ने अवस्था रहेको छ ।

त्यसैगरी युएई पनि शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपाललाई पराजित गर्नुपर्ने अवस्थामा रहेको छ ।

आजको नेपालको प्लेइङ-११: रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि.सी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *