खेलकुद

रियल म्याड्रिड गाेलरहित बराबरीमा रोकियाे

काठमाडाैं । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । 


बेनिटो भिल्लामार सेभिल्लामा आइतबार राति भएको खेलमा रियल घरेलु टोली रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।


खेलको १२औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुकेको थियो । त्यसपछि पनि रियलले गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

रियलको २४ खेलबाट ५३ अंक छ । रियल बेटिस ४१ अंक जोडेर पाँचौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *