काठमाडौँ । अर्जेन्टिनाले आगामी दुई मैत्रीपूर्ण खेलका लागि आफ्नो टिम घोषणा गरेको छ ।
विश्वकप विजेता अर्जेन्टिनाले आफ्नो टिममा प्रशिक्षक लियोनेल स्कालोनीले लियोनेल मेसी, एन्जल डी मारिया, पाउलो डिबालासहित कैयौं नयाँ खेलाडीलाई टिममा समावेश गरेका छन् ।
अर्जेन्टिनाले पानामा र कुराकाओसँग मैत्रीपूर्ण खेल्दै छ । अर्जेन्टिनाले विश्वकप जित अंकित जर्सी लगाएर पहिलो पटक खेल्दै छ ।
साथै यी दुई मैत्रीपूर्ण खेलमा मेसीले अर्जेन्टिनाका लागि आफ्नो सय गोल पुरा गर्न सक्ने सम्भावना रहेको छ । मेसीले अहिलेसम्म अर्जेन्टिनाका लागि ९८ गोल गरेका छन् ।
अर्जेन्टिनाको टिम:
गोलकिपर: फ्रान्को अर्मानी, एमिलिआनो मार्टिनज र गेरोनिमो रुलि ।
डिफेन्डर: जुआन फिओथ, गोन्जालो मोंटीएल, नाहूएल मोलिना, निकोलस ओटामेनडी, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, नेउहेन पेरेज, जर्मन पेज्जेल्ला, निकोलस टागलियाफिको, मार्कस अकुना ।
मिडफिल्डर : लाउतारो ब्लानको, लिओनार्दो पारेडेज, इन्जो फर्नानडेज, एलेक्सिस म्याक अलिस्टर, गुइड़ो रोड्रीगेज, म्याक्सिम पेर्रोन, एक्सेक्वेल पलासिओस, फाकुनडो बुनानोटे, रोड्रीगो डी पाउल थिआगो अल्माडा, गिओभानि लो सेल्सो ।
फरवार्ड: एन्जल डी मारिया, लियोनेल मेसी, लाउतारो मार्टिनेज, जुलियन अल्भारेज, अलेजान्द्रो गर्नाचो, अलेजान्द्रो गोमेज, अन्जल कोरिया, पाउलो डिबाला, निकोलस गोन्जालेज, भलेन्टाईन कार्बोनी, एमिलिआनो बुनेडिया ।



