समाचार

कुवेतमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू-१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ।

ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले सानदार जीत निकालेको हो ।

लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।

नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ । यू१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *