समाचार

टुंगो नलागेको महाअभियोग अर्को संसदमा लैजाने सहमति

काठमाडौं । महाअभियोग प्रस्ताव टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल सकिएको अवस्थामा सो प्रस्ताव अर्को प्रतिनिधिसभामा लैजाने सहमति भएको छ ।

आज (मंगलबार) प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा प्रतिनिधिसभाको कार्यकाल ५ महिना भन्दा कम बाँकी रहेको अवस्थामा महाअभियोग प्रस्ताव दर्ता भएमा त्यसलाई निर्वाचनपछि गठन हुने प्रतिनिधिसभामा पेश गर्ने सहमति भएको हो ।

प्रतिनिधिसभाको यस अघिको कार्यकालमा ५ महिना भन्दा कम समय बाँकी रहेकामा महाअभियोग दर्ता भएमा उक्त समिति (महाअभियोग सिफारिस समिति) ले कार्यसम्पादन गर्न नसकेमा निर्वाचनपछिको प्रतिनिधिसभामा कामकारबाही हुनेछ अनुसार परिमार्जन गर्न सकिन्छ महाअभियोग परिमार्जन गर्न नसकिने भएकाले अर्को संसदमा लगेर भए पनि टुंगो लगाउनुपर्ने उनले उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *