समाचार

एस्टन भिल्लामाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ । ईङलिश प्रिमिय लिग अन्तर्गत म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा रोड्री, इके गुनडोगन र रियाद महरेजले एक एक गोल गरेका हुन् ।

त्यस्तै एस्टन भिल्लाका लागि ओले वाटकिन्सले एक गोल फर्काएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको २२ खेलमा ४८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । सिटीले भन्दा एक खेल कम खेलेको आर्सनलको २१ खेलमा ५१ अंक रहेको छ ।

त्यस्तै एस्टन भिल्लाको २२ खेलमा २८ अंक रहेको छ र लिगमा ११औ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *