काठमाडौं । अदालतले धरौटीमा छाड्न आदेश दिएका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्किन नरोक्ने सन्दीपका वकिलले बताएका छन् ।
बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले शुक्रबार सन्दीपलाई भेटेर अदालतले राखेका शर्तहरुबारे जानकारी गराएका छन् । उक्त जानकारीपश्चात सन्दीपले प्रक्रियागत रुपमा जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएर तारिखमा छुट्नु पर्ने भएको छ ।
तारिखबाट छुटेपछि पुन : राष्ट्रिय टिममा फर्किनसक्ने घिमिरेको भनाइ छ । ‘थुनाबाट बाहिर निस्किएपछि क्यानले उनलाई स्वतः कप्तान फिर्ता दिनुपर्ने उनको भनाइ छ ।




