समाचार

जेलमा रहेका नेता छुटाउने अध्यादेशको कांग्रेसभित्रै विरोध शुरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेलमा रहेका दलका नेता कार्यकर्तालाई रिहाई गर्ने अध्यादेश ल्याइनु गलत रहेको टिप्पणी गरेका छन् ।

सरकारले जेलमा रहेका रेशम चौधरीसहितका नेताहरुलाई रिहाई गर्नका लागि अध्यादेश जारी गर्ने निर्णय गरेकै दिन महामन्त्री शर्माले सरकारको निर्णयको विरोध गरेका हुन् ।

उनले भनेका छन्,‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ !’

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीसहितका नेताहरुलाई रिहाई गर्न मिल्ने गरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *