समाचार

मोरक्कोसँग पराजित भएपछि रोनाल्डो भावुक, एक्लै ड्रेसिङ रुममा

काठमाडौं । मोरक्कोसँग पराजित भएपछि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भावुक भएका छन् ।

पहिलो हाफमा बेञ्चमै राखिएका रोनाल्डो दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । पहिलो हाफमै १–० गोलअन्तरले पछि परेको पोर्चुगल दोस्रो हाफमा गोल गर्न नसकेपछि पराजित भएको हो । पराजित भएसँग रोनाल्डो एक्लै ड्रेसिङ रुम छिरेका थिए ।

अन्य खेलाडीलाई छाडेर रोनाल्डो एक्लै रुमतिर छिर्नुलाई कतिपयले पोर्चुगलका कोचको कमजोरीका कारण भएको घटना समेत भनेका छन् । यता मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *