राजनीति

सिन्धुपाल्चोक २ मा पुल र सडकहरूको काम प्राथमिकतामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद मोहनबहादुर बस्नेतले निर्वाचनको समयमा गरेका प्रतिवद्धताहरू कार्यान्वयन गर्नका लागि अगाडी बढेका छन् । उनले जनताका लागि बोलेको बाचा पुरा गर्दै सिन्धुपाल्चोकको समग्र विकासका लागि पुल र सडकको कामलाई प्राथमिकतामा राखेर अगाडी बढाएका हुन ।

सिन्धुपाल्चोक– २ का नेता बस्नेतले विभिन्न स्थानका पुल, सडकसहितका बाटोहरूको कामलाई अगाडि बढाउने कार्यमा जोड दिँदै उनले विकासका कामलाई प्राथमिकताका साथ अगाडी बढाएका हुन् ।

‘ निर्वाचनका समयमा गरेका सम्पुर्ण कामहरु पुरा गर्न गरेका प्रतिबद्धताहरूलाई पूरा गर्ने क्रममा स्वयंको समन्वय तथा पहलमा सडक डिभिजन कार्यलय चरिकोटका प्रमुखसहितको प्राविधिक टोलीले मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ईन्द्रावती गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका जोड्ने बेलीब्रिज यथाशीघ्र निर्माण गर्नको निमित्त सर्वेको लागि पुल निर्माण स्थलमा पुग्नको निमित्त अनुरोध गरेको बस्नेतले बताए ।

प्राविधिक टोलीले शुक्रबार फट्टे हुँदै दुवाचौर, बासखर्क, सेर्माथान लगायतका विभिन्न ठाउँहरूलाई जोड्ने मोटरेवल पुल र तालामाराङ्गबाट दुवाचौर हुँदै विभिन्न ठाउँहरूलाई जोड्ने मोटरेवल पुलको सर्वे गर्ने काम सम्पन्न गरेको बस्नेतले बताए ।

‘यतिमात्र नभई अब छिट्टै हेलम्बु गाउँपालिकाको तिम्बु र नाकुते लगायतका क्षेत्र हरुलाई जोड्ने मोटरेवल पुल र चौतारा साँगाचोकगढी नगरपालिकाको स्याउले र ईन्दावती गाउँपालिकाको सिम्पाल, काभ्रे लगायतका क्षेत्रहरूलाई जोड्ने पक्की पुल निर्माणको डीपीआर गराई टेन्डरको प्रक्रिया अगाडी बढाइनेछ’, नेता बस्नेतले बताए ।

‘पुलहरूको निर्माण कार्य समय मै सम्पन्न गराउन संघीय सांसदको रुपमा आवश्यक भूमिका निर्वाह गर्ने कुरा जानकारी गराउँदै सक्रिय रुपमा सर्वे कार्यमा सहभागी हुनुहुने सडक डिभिजन कार्यलय चरिकोटका प्रमुखसहितको प्राविधिक टोली लगायत सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु’, बस्नेतले भने ।

उनले भने , ‘तपाईं सम्पूर्णलाई हामीले जसरी मत मागेका थियौं, त्यसैगरी निर्वाचित हामीहरूसँग निर्धक्क रुपमा विकासको मागसँगै समृद्धि र सुशासनको निमित्त सहकार्य गर्न सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु ।’

प्राविधिकहरूसँगको टोलीमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ ‘२’का प्रदेश सभाका सदस्य कृष्णकुमार तामाङ ‘समिर’, मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङलगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *