काठमाडौँ । निर्वाचन सकिएर काठमाडौं फर्केपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेताहरु बालकोट धाउन थालेका छन् । आगामी सरकार गठनको विषयमा छलफल गर्न नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अध्यक्ष ओलीसँग परामर्शका लागि बालकोट पुगेका छन ।
सिंहका सहयोगी यूपी लामिछानेका अनुसार अध्यक्ष ओलीलाई बधाइ दिनका लागि सिहं बालकोट पुगेका हुन् ।
सिंह र ओलीको बीचमा सरकार गठन लगायतको विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ । सिंह आफैँ कांग्रेसभित्र प्रधानमन्त्रीको आकांक्षीको रूपमा रहेको भए पनि शेरबहादुर देउवाको प्रतिनिधिको रूपमा गएको कांग्रेस स्रोतले जनाएकोे छ ।
ओलीसँग सरकार गठनको विभिन्न विकल्पका विषयमा कुरा गरेको बुझिएको छ । कांग्रेसमा गगन थापाको प्रधानमन्त्री बन्ने अभियान तीव्र भएपछि देउवाले आफ्नै नेताहरूसँग उजुरी लिएर रोक्ने कोशिश गरिरहेको समयमा देउवाको प्रतिनिधि बनेर सिंहले ओलीसँग भेटवार्ता गरेको विषयलाइ अर्थपूर्ण बुझिएको छ ।




