समाचार

मुख्य समाचार : चुनावको तयारी अन्तिम चरणमा, दलका शिर्ष नेताहरु चुनावी सभामा सहभागी हुन जिल्ला जाने क्रम शुरु

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि यहि कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म दल तथा उम्मेदवारहरूले आमसभा, जुलुस, कोणसभा जस्ता कार्यक्रम एवं सञ्चार माध्यमको प्रयोग गरेर पनि आफ्नोबारेमा प्रचारप्रसार गर्न पाउने छन् । यद्यपि यस्ता कार्यक्रमहरू गर्दा पनि निर्वाचन आचारसंहिता २०७९ ले निर्धारण गरेका निश्चित मापदण्डहरू पालना गर्नु पर्ने व्यवस्था छ ।

नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन् । बुटबलमा भएको कार्यक्रममा प्रवक्ता महतले निर्वाचनपछि सबैभन्दा धेरै सिट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणले वर्तमान ब्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दलहरूलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । उनले असन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक र दलहरूलाई भए पनि निर्वाचन बिथोल्ने अधिकार भने कसैलाई नभएको स्पष्टसमेत पारे ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक १७ गतेदेखि दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने निर्वाचन प्रचारप्रसारको दोस्रो चरणमा प्रवेश हुने भएकाले सो चरणमा निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेकाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधन प्रयोग नगरी चुनाव प्रचारप्रसारमा जान पाइने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधनको प्रयोग नगरी प्रधानमन्त्री, मन्त्री तथा प्रदेश मन्त्रीहरु चुनावी प्रचारप्रसारमा जान पाइने जानकारी दिएका हुन् ।

निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले) का उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोेधेको छ ।

निर्वाचन आयोगले आगामी चुनाव स्वच्छ, स्वतन्त्र,निश्पक्ष र मितव्ययी बनाउन सरकारलाई निर्देशन दिएको छ । संघ, प्रदेशं र प्रदेश सरकारका नामम ७ बुँदे निर्देशन जारी गर्दै आयोगले मतदान केन्द्रसम्म पुग्ने बाटो सूचारु अबस्था राख्न समेत निर्देशन दिएको छ । त्यस्तै सै स्वास्थ्य संस्था र दमकलको समेत उचित व्यवस्था गर्न भनेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँग भेटवार्ता भएको छ । बेइजिङको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री सरिफसँग सीले भेटवार्ता गरेका हुन् । दुई नेताका बिचमा भएको कुराकानीबारे औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।

भारतले अष्ट्रेलियामा जारी आईसिसी टी–२० विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूहको आफ्नो चौथो खेलमा बुधबार बंगलादेशमाथि ५ रनको जित हात पार्दै भारत शीर्षस्थानमा उक्लिएको छ । चार खेलबाट ६ अंक भएको भारत शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको तीन खेलबाट ५ अंक छ । बंगलादेशको चार खेलबाट चार अंक छ । अन्तिम खेलमा भारतले जिम्बावे र बंगलादेशले पाकिस्तानसँग खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *