समाचार

सन्दिपविरुद्ध सोमबार मुद्धा दायर हुनसक्ने

काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको हो । जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार पारीसकेको बताइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले लामिछानेविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले १२ वर्ष सम्म कैद सजाय मागदाबी गरेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको भएपनि सरकारी वकिलले मुद्धा दायर गर्ने समयमा के कति सजायको माग गर्छ भन्ने सार्वजनिक भइसकेको छैन ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । सोमबार मुद्दा दर्ता भएपछि मंगलबारदेखि थुनछेक बहस हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *