समाचार

राष्ट्रपतिलाई व्यंग्य : उहाँलाई राति मात्रै विधेयक प्रमाणीकरण गर्ने बानी परिसक्यो

काठमाडौं ।नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यंग्य गरेका छन्। संसदको दुवै सदनले अनुमोदन गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएपछि उनले व्यंग्य गरेका हुन्।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएको अध्यादेश रातारात प्रमाणीकरण गरेकी थिइन्।

उनले भने, ‘सरकारले नागरिकता विधेयक फेरि राष्ट्रपति कार्यालयमा पठाउनुपर्ने होला। सरकारलाई के सुझाव दिन्छु भने दिउँसो होइन राति पठाउनुपर्यो। अफ्ट्यारा कामहरू राति नै फत्ते हुन्छन्। प्रमाणीकरण गर्नुपर्ने होला। त्यसकारण दिउँसो नपाउनुहोला। राष्ट्रपतिलाई राति गर्ने बानी परिसकेको छ। दिउँसो पठाउँदा प्रमाणीकरण हुँदैन।’

यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चारवटा समिति छाडे लेखा समिति दिन सक्नेसमेत बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *