समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाडाँमा बस्नेगरी बोलाइएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण देखाउँदै बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित भएको हो ।

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न बैठक बोलाइएको थियो । साथै राष्ट्रपतिले नागरिकता बिद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएपछि माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुने तयारी थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *