काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी गुल्मीबाट उठ्ने भएका छन् । मङसीर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा उनी गुल्मीको क्षेत्र नम्बर १ बाट उठ्ने भएका हुन् ।
आउँदो निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने भएसँगै गुल्मीको क्षेत्र नम्बर १बाट माओवादीका नेता लिलामणी पोखरेल उठ्ने चर्चा छ । लिलामणी पोखरेल उठने चर्चा चलेपनि उनले सो क्षेत्रबाट पछि नहट्ने बताएका छन् ।
उनले विभिन्न सञ्चार माध्यममा प्रकाशित गुल्मीबाट नउठ्ने खाल्का समाचारमा खेद प्रकट गरेका छन् । सो कुरालाई टिप्पणी गर्दै गुल्मीबाटै निर्वाचन लड्ने उनले दाबी गरेका छन् ।




