समाचार

काठमाडौंसहित देशभरका अधिकांश स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । काठमाडौंसहित देशभर भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार वर्षा मध्यरातसम्म हुनेछ । बुधबार बिहानदेखि भने फेरी मौसम सफा हुने उनले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *