काठमाडौं । विदेशी बैंकमा करोडौँ रकम कारोबार गरेको आरोपमा पक्राउ परेका अमित श्रेष्ठ जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौले नुवाकोटको विदुर नगरपालिका–२ घर भइ हाल काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको हो ।
पक्राउ परेका श्रेष्ठले अष्ट्रेलियाको वेल्थ बैंकमा एक लाख ९४ हजार दुई सय ८५ अमेरिकन डलर, क्यानडाको रोयल बैंकमा १८ लाख ७४ हजार चार सय २१, एभरेष्ट बैंक लिमिटेडको खाताबाट दुई करोड छ लाख छ हजार छ सय ९२, एनआइसी एशिया बैंक लिमिटेडको खाताबाट ६५ लाख २४ हजार, नबिल बैंक लिमिटेडको खाताबाट क्यानेडियन ६७ हजार पाँच ९६ र नेपाली ६५ लाख अवैध कारोबार गरेको पाइएको प्रहरीको दाबी छ ।




