काठमाडौं । सप्तकोसी नदीमा पानीको सतह बढ्दै गएपछि ५६ मध्ये ३३ ढोका खोलिएको छ ।
शनिबार अपरान्हसम्म ब्यारेजका २९ वटा ढोका खोलिएकामा वहाव बढेपछि थप चारवटा ढोका खोलिएको हो । दिउँसोको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको थियो ।
भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलिएका कारण उदयपुर, सुनसरी र सप्तरीको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा पर्ने गरेको छ ।




