समाचार

अमेरिकाविरुद्ध सैन्य कारबाही गर्ने चीनको घोषणा

काठमाडौं । अमेरिकी सभामुख न्यासी पेलोसी ताइवान पुगेपछि चीनले सैन्य कारबाही गर्ने घोषणा गरेको छ।

पेलोसी ताइवान भ्रमणमा पुगेपछि चिनिया रक्षा मन्त्रालयले सैन्य कारबाहीको चरणबद्ध शृंखला सुरु गर्ने घोषणा गरेको हो ।

चीनियाँ सरकारी मुखप ग्लोबल टाइम्सका अनुसार पेलोसीको ताइवान टापुको भ्रमणको प्रतिरोध गर्न सैन्य कारबाहीहरूको श्रृंखला सुरु गरेको बताइएको छ ।

चीनको कडा चेतावनीका बाबजुद पेलोसी ताइवान पुगेपछि दुई देशबीचको सम्बन्धमा थप दरार उत्पन्न भएको छ ।

यता अमेरिकाले भने कुनै निर्णय गर्नुपूर्व गम्भिर भएर बिचार गर्न चीनलाई आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *