समाचार

मनीषाले शेयर गरिन् पूर्वराजाको समर्थनमा मिश्रले लेखेको स्टाटस

काठमाडौं । बलिउड अभिनेत्री मनीषा कोइरालाले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा लेखेका स्टाटस शेयर गरेकी छिन् ।

मिश्रले शाहको समर्थन गर्दै आइतबार सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । जसमा ’विदेशीसामू झुक्नुभन्दा नेपालीसामू झुक्छु’ भनेर पूर्वराजाले गद्दी त्याग्दै दरबार छोडेको दाबी गर्दै माओवादी जनयुद्धमा भएका हिंसाको आलोचना गरेका थिए ।

त्यसैलाई सोमबार अभिनेत्री कोइरालाले फेसबुकमा शेयर गरेकी हुन् ।

यस्तो थियो मिश्रको स्टाटस :

सतीले सरापेको ? :

गल्ती सबैले गरे तर छोराछोरीकै सामू बाउआमा गिँड्ने, ढोकाको चौकोसमा घुँडा राखेर बन्चरोले फोर्ने, हजारौंको हत्या गर्ने, दिनदिन निर्लज्ज देश दोहन गर्ने, विदेशीसामू नाङ्गै लम्पसार पर्ने ’अग्रगामी’ र, ’जनता मारेर राज गर्न मेरो राजधर्मले दिँदैन’, ’विदेशीसामू झुक्नुभन्दा नेपालीसामू झुक्छु’ भनेर गद्दी त्याग्दै दरबार छोड्ने तर देश नछोड्ने ’पश्चगामी’ कहलाइने सतीले सरापेको देश हो – नेपाल ।

हामीले जतिसुकै सकारात्मकताको लेप लाउन खोजे पनि यो भाष्य परिवर्तन नगरी यो देश ठीक ठाउँमा आउँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *