समाचार

६ रेक्टर स्केलको भूकम्प : खोटाङमा १ घर, भोजपुरमा २ घरमा क्षेति

काठमाडौं । आज (आइतबार) बिहान खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ घरमा क्षति पुगेको छ ।

भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षेतिग्रस्त अवस्थामा पुगेका छन । यसैगरी खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको छ।

घर भत्किए पनि मानवीय क्षति भने नभएको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले बताए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *