समाचार

पाण्डेलाई काम गर्न नदिन अनेकौं उल्झन

नुवाकोट । वेलकोटगढी नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नवराज पाण्डेलाई अमुक व्यक्तिहरुले कामै गर्न नदिन अनेकौं उल्झन लेराइरहेका छन् ।

समाजसेवाबाट लोकप्रिय रहेका पाण्डेले डबलमतान्तरले जितेपछि मुरमुरिएकाहरु यत्तिखेर उनलाई कामै गर्न नदिएर असफल पार्ने ध्याउन्नमा छन् ।यस अघि वडामा बनिरहेको खानेपानी योजनामा वडाले काम गर्न लागे त्यही केही तत्वहरुले अवरोध गरेका थिए ।

त्यसोत यत्तिखेर वडामा आएका अनेकौं बजेटमसमेता उपभोक्ता समिति नै बन्न नदिने चलखेल सुरु भएको छ । ‘वडा अध्यक्ष सोझा भए, फटाहहरुले कामै गर्न नदिने भए ।’एक स्थानीयले भने ।वडा अध्यक्ष पाण्डे भने गाउँमा आउने यस्ता सानातिना विवाद गाउँमै समाधान गर्ने प्रयास भइरहेको बताउँछन् । कतिपय गर्नै पर्ने काममा यस्ता उल्झन्ले ढिलाई ल्याउँने बताउँदै उहाँलै आफु कसैलाई पनि चिड्याउने पक्षमा नरहेको बताउनुभयो ।

वडामा बागमती प्रदेशबाट पनि राम्रो बजेट अएको बताउँदै उहाँले प्रदेश सांसदबाट भने खासै सहयोग नपाएको गुनासो गर्नुभयो । आफ्नै वडाका प्रदेशसांसदबाट असयोग हुँदा मननै खिन्न हुने गरेको उहाँले बताउनुभयो ।जस कस्ले लिनेभन्दा पनि आफ्नो ठाउँको विकास कसरी गर्ने भन्ने चिन्ता सबैमा भए यस्ता साना तिना समस्या नआउने पाण्डेको बुझाई छ । फरक पार्टी र फरक विचार भएपनि विकास निर्माणमा साँझा धाराणा बनाउन उहाँले आग्रह गर्नुभयो ।

वडा अध्यक्ष पाण्डेले गाउँका कतिपय व्यक्तिहरुले केही योजनामा भाग खोजेर हैरान पारेको बताउनुभयो । विकास बजेटमा कोही कसैले भाग खोज्नु र बार्गेनिङ गर्नु दुखद् भएको उहाँले बताउनुभयो । वडा अध्यक्ष पाण्डेले त्यो कस्ले गरिरहेको छ भन्ने चाँही खुलाउन चाहानु भएन ।त्यो सबै यहाँका जनतालाई थाहाँ छ , को विकास विरोधी, को कस्तो भन्ने कुरा विस्तारै खुलिहाल्ला नी मैले अहिले नै किन भन्नु पर्यो र’पाण्डेले बताउनुभयो ।

वडा अध्यष पाण्डेले गाउँका कृषकहरुको समान बजार लैजान समस्या भएसँगै केनद्रसरकारले बनाउनु पर्ने पासाङलामु राजमार्गलाई १०,११ र १३ वडाका वडाअध्यक्षको पहलमा सुधार गरिरहेको बताउनुभयो । प्रचण्डका घरभेटी शारदाप्रसाद अधिकारीले ठेक्का लिएर काम नगरेर सात वर्षदेखि लथालिङ रहेको सडक आफुहरुको पहलमा मर्मतसुधार गरेर संचालन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । लामो समय काम नगरेर अदालतले अधिकारीको टेण्डर खारेज गरिरहेको र नयाँ टेण्डरको पनि अतो पतो नभएकाले वडा अध्यक्षको पहलमै सडक सुचारु गर्न काम गर्नु परेको उहाँले बताउनुभयो ।

‘यो सडकको मर्मतको काम केन्द्र सरकारको हो, तर बाटो चल्नै नसक्न्े अवस्थामा पुगेपछि हामीले जनताको दुःख हेरेरमात्र बस्न मिलेन, त्यही भएर काम गरिरहेका छौ ।’पाण्डेले बताउनुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *