देश

राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।

नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशङ्का गरिएको छ ।

बुधबार संसद्को बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी छिन् । यो राष्ट्र बैङ्कको ऐन विपरीत भएको भन्दै उनले राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *