काठमाडौं । काठमाडौं महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूले आज (सोमबार) पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यले शपथ ग्रहण गर्ने भएका हुन् ।
बिहान ११ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले महानगर प्रमुखमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि प्रमुख साहले अरू जनप्रतिनिधिहरूलाई शपथ गराउने छन् ।
राष्ट्रिय सभागृहमा हुने शपथपछि आजै प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।




